जनकपुरधाम, १९ असार । मधेश सरकारको महत्वाकांक्षी योजना छोरी शिक्षा बिमा पुनः सुरु भएको छ ।
कोरोना महामारीका कारण अवरुद्ध छोरी शिक्षा बिमा अषाढ १९ गते देखि पुन: सुरु भएको शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चुडामणी फुयालले जनाएका छन् ।
सुरमा बिमा गरेको प्रभु बैंकसँगको सम्झौता अवधि समाप्त भएपछि रोकिएको बिमा ग्ल्वोल बैंकसँग सम्झौता भएलगतै सुरु भएको हो ।
प्रदेश सरकार र ग्लोबल आइएमई बैंकबीच सम्झौता भएपछि छोरी शिक्षा बिमा पुनः सुरु भएको प्रमुख फुयालले बताए।
सम्झौता पत्रमा प्रदेश सरकारको तर्फबाट शिक्षा निर्देशक फुयाल र बैंकको तर्फ बाट ग्लोबल बैकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
२०७८ माघ १ गतेपछि जन्मिएका छोरीहरूका लागि सुरु गरिएको बिमामा 20 वर्षपछि ३ लाख दिने गरी प्रति बिमा ३७ हजार ४ सय ५७ रुपैयाँ ६० पैसा मधेश सरकारले बैंकलाई दिनुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।
मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रमअन्तर्गत संचालित छोरी शिक्षा बिमाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी लें २०७५ फागुन ९ गते गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया