जसपाले तीन मन्त्री फिर्ता बोलाउँदै, नयाँ तीन जना मन्त्री बन्दै

समाचार

काठमाडौँ, २० असार । जनता समाजवादी पार्टी नेपालले तीन मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ ।

जसअनुसार भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदीपकुमार यादव सिफारिस भएका हुन् ।

यो सिफारिसँगै भौतिक तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादव, कृषीमन्त्री महेन्द्रराय यादव र वनमन्त्री रामसहयाय यादव सरकारबाट फिर्ता हुनेछन् ।

सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठलाई नै राखिएको छ । 

आइतवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरेर अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्रीहरूको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताए । यसैबीच, जसपाबाट सिफारिस भएका तीन मन्त्रीको सम्भवत: आजै सपथ हुने भएको छ ।

‘मन्त्रीका लागि तीन जनाको सिफारिस प्रधानमन्त्री कार्यालयमा आएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘सम्भवत: आजै सपथ हुनेछ ।’ उनका अनुसार अध्यक्ष यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरी तीन मन्त्री फिर्ता बोलाउने र उक्त स्थानमा तीन जनालाई मन्त्री बनाउने पत्र पार्टीका तर्फबाट बुझाएका छन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ