रामेछापमा बस दुर्घटना, नौ जनाको मृत्यु, २३ जना घाइते

समाचार

रामेछाप, २१ असार । रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

मंगलबार रामेछापबाट काठमाडौँ आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा चार महिला र पाँच पुरुष छन् । उनीहरूको पहिचान खुल्न बाँकी रहेको छ । दुर्घटनामा अन्य २३ यात्रु घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिएका छन् ।

गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । बस सडकबाट झन्डै ३०/३५ मिटर तल खसेको छ ।

दुर्घटनाको कारण भने खुलेको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ