सूर्य नेपाल मधेश प्रदेशको उत्कृष्ट प्रतिष्ठानबाट सम्मानित

समाचार

काठमाडौँ, २२ असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको सूर्य नेपाल प्रालि मधेश प्रदेशको उत्कृष्ट प्रतिष्ठानबाट सम्मानित भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवस्थापन सुरक्षा विभागले मधेश प्रदेशको उत्कृष्ट प्रतिष्ठान सम्मानबाट सूर्य नेपाललाई सम्मानित गरेको हो ।

सो सर्वेक्षणमा सूर्य नेपाल उत्कृष्ट घोषित भएपछि पुरस्कृत गरिएको हो । विभागले गरेको सर्भेक्षणमा मधेश प्रदेशका प्रतिष्ठानमध्ये सूर्य नेपाल व्यवस्थापनजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन तथा अभ्यास गर्ने प्रतिष्ठानका रूपमा स्थापित हुँदै आएको देखिन्छ । विभागले मधेश प्रदेशका सबै प्रतिष्ठानको व्यवस्थापनजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी सर्वेक्षण गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ