गभर्नरलाई लोसपाको सुझाव : सीमा क्षेत्रमा भारु सहजताका लागि आग्रह (ज्ञापनपत्रसहित)

समाचार

काठमाडौं, २२ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालको एक टोलीले नेपालको आर्थिक अवस्था, समस्या र समाधानका उपायहरुसहित विभिन्न सुझावहरु दिएको छ ।

बुधबार लोसपाका नेता डा.सुरेन्द्र झा नेतृत्वको टोलीले गभर्नर अधिकारीलाई वर्तमान अवस्थामा नेपालको अर्थतन्त्रमा देखिएको समस्याहरु समाधानको आशा र उद्देश्यसहित ज्ञापन–पत्र हस्तान्तरण गरेको हो ।

गभर्नरसँगको भेटको क्रममा डा.झा नेतृत्वको टोलीले नेपाल–भारत सीमा क्षेत्रका जनताको दैनिकीमा सहजताका लागि भारतीय रुपैयाँ सहजरुपमा उपलब्ध गराउने व्यवस्थाको मागसमेत गरेको छ । सटही काउन्टरहरुबाट पैसा साट्दा बढी नै तिनुपरेको बारे गभर्नरलाई ध्यानाकर्षण गराइएको नेता डा.झाले मधेशवाणीलाई बताए ।

यसैगरी, आउन लागेको मौद्रिक नीतिमा समावेश गरिनुपर्ने विषयबारे पनि सल्लाह सुझाव गभर्नरलाई दिएको उनले बताएका छन् ।

नेपालको अवस्था पनि श्रीलंका र पाकिस्तान जस्तो हुन्छ कि भन्ने चिन्ता व्यक्त गर्दै आगामी मौद्रिक नीतिमा कृषि उद्योगहरुलाई बढी प्राथमिकता दिनुपर्ने, निर्माण व्यवसायीहरु मित्रवत्रुपमा आउनुपर्ने, संघीय संसदभित्रका सबै राजनीतिक दलहरुसँग समन्वय र सहकार्य गर्नुपर्ने लगायतका सुझावहरु दिएको हो ।

शेयर धितो ऋणको सीमा विस्तार गरिनुपर्ने, ४–१२ को मार्जिन ल्यान्डिङ्ग तथा शेयर धितो ऋणको सीमा खारेज गरिनुपर्ने, विदेशी लगानी तथा गैह्र आवासीय नेपालीलाई पुँजी बजारमा अनुमति दिइनुपर्ने र यो प्रावधानले विदेशी मुद्राको प्रवाह र कर संकलनमा सहयोग गर्ने ज्ञापनपत्रमा भनिएको छ ।

यस्तै, लगानीलाई अल्पकालीन एवं दीर्घकालीन लगानीमा वर्गीकृत गरिनुपर्ने, अल्पकालीन लगानी बजारमा तरलताको लागि र सेकेन्डरी मार्केट प्रवद्र्धनका लागि महत्वपुर्ण छ तर यसलाई करको उच्च दर वा लेनदेनमा आधारित करदर निर्धारण जस्ता विभिन्न प्रावधानहरुका मार्फत निरुत्साहित गरिनुपर्ने सुझावहरु दिएको हो ।

डा.झाको नेतृत्वमा लोसपाको आर्थिक विभागका सदस्य सन्तोषबाबु लोहनी, लोकतान्त्रिक बुद्धिजीबी संघका अध्यक्ष प्रोफेसर उदयचन्द्र मिश्र, व्यवसायिक क्षेत्रका सदस्य दीपेन्द्र अग्रवालसहितको टोलीले गभर्नर अधिकारीलाई नेपालको आर्थिक समस्या र समाधानको उपायसहितको ज्ञापनपत्र बुझाएको हो ।

यस्तो छ ज्ञापनत्रः

 

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ