दानव नदीमा पुल निर्माण

समाचार

रुपन्देही, २३ असार । बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिका जोड्ने दानव नदीमा पुल निर्माण भएको छ । १३ करोड ९० लाख ३६ हजार रुपैयाँ लगानीमा १ सय २७ मिटर लामो पुल निर्माण भएको हो ।

पुल निर्माणपछि अब बुटवल–१५ र सैनामैना–१ जोडिएका छन् । यसले कृषि उपज बजारसम्म ल्याउन; विद्यार्थीहरू स्कूल‚ कलेज आउन सहज भएको छ । पुल नहुँदा सैनामैनाका किसानले सहज रुपमा कृषि उपज बजारमा ल्याउन सकेका थिएनन् ।

संघीय सरकारको लगानीमा २०७४ असार २९ गतेदेखि पुल निर्माण थालिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए ।

पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सोमबार एक कार्यक्रमका बीच पुलको उद्घाटन गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ