नेपालगन्ज, २३ असार । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ न्युरोडमा आदिकवि भानुभक्त आचार्यको अर्ध कदको सालिक अनावरण गरिएको छ ।
स्थानीय भानु चोकमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले एक कार्यक्रमबीच सालिक अनावरण गरेका हुन् ।
लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीले साढे १२ लाख रुपैयाँको लागतमा उक्त सालिक निर्माण गरेको हो ।
सालिका निर्माणका लागि नेपालगन्ज २ का तत्कालीन वडाअध्यक्ष सुनिलसिंह हमाल, संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायत दाताले पनि आर्थिक सहयोग गरेका छन् ।
सालिक निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ निवासी समाजसेवी स्व दामोदर आचार्यले व्यक्तिगत रुपमा सबैभन्दा बढी १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका थिए ।
तपाईको प्रतिक्रिया