इमरान खान, कपिलवस्तु, २४ असार । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा संचालित मायादेवि गाँउपालिकास्तरिय मदरसा संघले नवनिर्वाचित गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानलाई स्वागत तथा मदरसा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मायादेवीका विभिन्न मदरसाका अध्यक्ष र शिक्षकहरुको समेत उपस्थित रहेको थियो । मदरसा संघका अध्यक्षद्वारा नवनिर्वाचित गाउँपालिका अध्यक्ष मुसलमानलाई दोसल्ला लगाई भित्ते घडीसहित मायाको चिनो प्रदान गरिएको छ ।
कार्यक्रममा स्वागतसहित मदरसा हकहितका लागि अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ । मदरसा संघले गाउँपालिकामा १० बुँदे मागसमेत प्रस्तुत गरेको छ ।
मदरसा स्तरिय संघले राखेको १० बुँदे माग सम्बन्धमा मदरसाको अधिकतम् मागलाई पूरा गर्छु भनी गाँउपालिका अध्यक्ष मुसलमानले प्रतिबद्धता व्यक्त गरेका हुन् ।
गाँउपालिका भित्रको आवश्यक विभिन्न क्षेत्रको समस्याको समाधान गर्न आफू सधै तयार रहेको पनि उनले बताए । कार्यक्रममा अतिकुर्रहमान मुसलमानले स्वागत मन्तव्य राखेका थिए ।
नेपाल जामियत अहले हदिसका प्रमुख अब्दुल हई मुसलमानले मदरसाको न्यूनतम आवश्यकता पनि पूरा गर्न अहिलेको मदरसाहरुलाई कठिन भइरहेकोले हाम्रा मागलाई विशेष रुपमा ध्यान पु¥याउन गाउँपालिकालाई आग्रह गरेका छन् ।
यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमेश्वर यादवले पनि मदरसा शिक्षाको गुणस्तर सुधारका लागि न्यूनतम् मागलाई सम्बोधन गर्न तयार रहेको बताए ।
कार्यक्रम मदरसास्तरीय संघका सचिव रहमत अलिले संचालन गरेका थिए भने कार्यक्रमको समापन संघका अध्यक्ष हिफ्जुर्रहमान मुसलमानले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमान, विशिष्ट अतिथि प्रशासकीय अधिकृत प्रमेश्वर यादव, शिक्षा शाखा प्रमुख अमिन प्रसाद कुर्मी नेपाल जामियत अहले हदिसका प्रमुख अब्दुल हई मुसलमान लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया