ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

समाचार

मोरङ, २५ असार । विराटनगर महानगरपालिका–१३ रोड शेषस्थित सडकमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

डब्लुबी २३ बी ४९६१ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्री सुनसरी बर्जु गाउँपालिका–२ अमडुवा फारम बस्ने ४५ वर्षीय सनेन्दर रायको शुक्रबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ