मधेश प्रदेशसभाबाट कर तथा गैरकरसम्बन्धी विधेयक पारित

समाचार

जनकपुरधाम, २६ असार । मधेश प्रदेशसभाले कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

आज बसेको बैठकमा मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गरेको विधेयक सर्वसम्मतिले पारित गरेको सभामुख सरोजकुमार यादवले घोषणा गरे ।

बैठकमा अर्थमन्त्री साहले आर्थिक विधेयक २०७९ प्रस्तुत गरेका थिए ।

यसअघि हिजो बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको विनियोजन विधेयक २०७९ र प्रदेशसभा सचिवालय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पारित गरेको थियो । विधेयक पारित भएसँगै प्रदेशसभाको बैठक अर्काे सूचना नहुञ्जलेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ