स्विमिङ पुलमा डुबेर बालकको मृत्यु

समाचार

नेपालगन्ज, २६ असार । बाँकेको नेपालगन्जस्थित मेरो प्लानेटको स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ का चुन्नु जसगढका छोरा १४ वर्षीय अल्तमस जसगढको आइतबार वडा नम्बर १४ स्थित मेरो प्लानेटको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान गर्न मेरो प्लानेटका तीन जना कर्मचारीलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ