कमला नदी किनारमा दुई जनाको शव फेला

समाचार

सिरहा, २७ असार । सिरहाको कर्जन्हास्थित कमला नदीमा दुई युवकको शव फेला परेको छ ।

कर्जन्हा नगरपालिका-१ बन्दीपुरस्थित कमला नदी किनारमा बन्दीपुरका १७ वर्षीय मोहम्मद अली र भारतको बिहार घर भएका १९ वर्षीय जफर शेखको शव फेला परेको हो । सिरहा–धनुषाको बीचमा रहेको कमला नदी छेउमा शव फेला परेको प्रहरीले जनाएको छ । जफर शेख आफ्नो मामाको घर सिरहामा बकर इद पर्व मनाउन आएका थिए ।

आइतबार दिउँसो घरबाट निस्किएका दुवै जना घर नफर्केपछि खोजी सुरु गरिएको थियो । खोजीका क्रममा सोमबार बिहान दुवैको शव फेला परेको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार कपडा खोलेर दुवै जना पौडी खेल्न नदीमा पसेको प्रहरी अनुसन्धानबाट देखिएको छ । थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ