रेशम चौधरीको रिहाइको माग गर्दै लोसपाद्वारा सरकारलाई ज्ञापन–पत्र

समाचार

सप्तरी, २७ असार । लोकतान्त्रिक समाजवादी पार्टी सप्तरीले रेशम चौधरीको निशर्त रिहाइलगायत माग गर्दै सरकारलाई ज्ञापन–पत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई सम्बोधन गरी लोसपाले ज्ञापन–पत्र बुझाएको लोसपाकी नेतृ पुनम यादवले बताइन् ।

जिल्ला अध्यक्ष सुनिलकुमार झाको नेतृत्वमा गएका नेता–कार्यकर्ताले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई विभिन्न १४ बुँदे मागसहितको ज्ञापन–पत्र बुझाएका हुन् ।

लोसपाको ज्ञापन–पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले ज्ञापन–पत्र आजै प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता जनाए ।

ज्ञापन–पत्रमा सांसद रेशम चौधरीसहित विभिन्न आन्दोलनको क्रममा पक्राउ परेका राजबन्दीहरूलाई निशर्त रिहाइ गर्नुपर्ने, देशमा व्याप्त महँगी, भ्रष्टाचार, कृषिका लागि मलखाद र नागरिकताविहीनका लागि नागरिकता उपलब्ध गराउनुपर्नेलगायतका विभिन्न १४ बुँदे माग राखेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ