सार्वजनिक गाडीको भाडा बढ्यो

समाचार

काठमाडौँ, २७ असार । सरकारले सार्वजनिक गाडीको भाडादर बढाएको छ ।

सोमबारदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडादर बढाएको हो ।

विभागले अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको सूचना निकालेर जानकारी दिएको छ ।

विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर समायोजन भएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रूपमा भाडादर परिवर्तन हुने उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ