रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

समाचार

रुपन्देही, २८ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीकै मर्चवारी गाउँपालिका–१ का १९ वर्षीय रामचन्द्र केवट छन् ।

गम्भिर घाइते भएका केवटको उपचारका क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

लु. ४० प ५९८९ नम्बरको मोटरसाइकल आज बिहान नियन्त्रण गुमाएर पल्टिएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ