कैलालीमा दुई मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु

समाचार

कैलाली, २९ असार । कैलालीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

गौरीगङ्गा नगरपालिका–९ शङ्करपुरमा गएराति सुप. प्र ०१–००९ प ७८९१ र से. ७ प ११४७ नम्बरको मोटरसाइकल ठोक्किँदा से.७ प ११४७ नम्बरको मोटरसाइकलका चालक रामअवतार कठरियाको मृत्यु भएको हो । उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार कैलारी गाउँपालिका–८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा सुप. प्र ०१–००९ प ७८९१ नम्बर मोटरसाइकलका चालक गौरीगङ्गा–९ शङ्करपुरका २७ वर्षीय रमेश चौधरी पनि घाइते भएका छन् । चौधरीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको कैलालीका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जनकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ