कैलाली, २९ असार । टिकापुर नगरपालिका–९ स्थित खक्रौला चेकपोष्टबाट ६ ग्राम ६ सय मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन् ।
बर्दिया राजापुर नगरपालिका–७ बस्ने २५ वर्षीय लक्ष्मण सुनार सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भे.१ ह ४२७४ नम्बरको अटोलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटो चालक सुनार सहति ४ जनालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया