काठमाडौँ, २९ असार । सरकारले नेपाल नागरिकता पहिलो संशोधन विधेयक–२०७९ प्रतिनिधि सभामा पेस गरेको छ ।
प्रतिनिधिसभाको बुधवार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक प्रतिनिधिसभा समक्ष पेस गरेका हुन् । विधेयक पेस गर्दै खाँणले संविधानमा कुनैपनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने सुनिश्चतता प्रदान गरिएको बताए ।
उनले संविधानले निर्देश गरेबमोजिम नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गरेको स्पष्ट पारे ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले दिएको विरोधको सूचना अस्विकृत भएपछि गृहमन्त्री खाँणले नागरिकतासम्बन्धी संशोधित विधेयक प्रतिनिति सभामा प्रश्तुत गरेका थिए ।
सरकारले यसअघिको विधेयक फिर्ता लिएर नयाँ विधेयक पेस गरेको हो ।
तपाईको प्रतिक्रिया