बाँके, ३० असार । बाँके प्रहरीले एक सय ६८ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतले जरिवाना र कैद सजाय तोकेका फरार अभियुक्तलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
गत साउनदेखि यो असार महिनासम्ममा एक सय ६८ जना फरार अभियुक्तलाई पक्राउ गरिएको बाँके प्रहरीका मुद्दा शाखाका इन्चार्ज चक्रडम्बर पालले जानकारी दिए ।
पक्राउ परेका अभियुक्तबाट ५६ लाख ५३ हजार ८ सय ३५ रुपैया जरिवाना र एक सय ३४ वर्ष २ महिना १६ दिन कैद असुल गरिएको छ ।
फरार अभियुक्त नियन्त्रण गर्नेमा बाँके प्रहरी लुम्बिनी प्रदेशमै अगाडि रहेको छ ।
तपाईको प्रतिक्रिया