रुपन्देही, ३० असार । रुपन्देहीको बुटवल उपमहानगरपालिका १२ वर्षमाथि उमेर समूहलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ ।
बुटवलमा आयोजित एक कार्यक्रममा उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जिल्ला खोप समन्वय समितिबाट पूर्ण खोप सुनिश्चित घोषणाका लागि अनुमति प्रदान भएको जानकारी गराए ।
उनले बुटवलमा रहेका १ लाख ९५ हजार ५६५ मध्य १२ वर्ष माथि पूर्ण खोप लगाएका १ लाख ५७ हजार ३९३ जनालाई खोप लगाइएको जानकारी दिए । उनले ९ हजार ८६५ जनालाई खोजेर र नगर बाहिरका २२ हजार ६६३ जनालाई खोप लगाईएको जानकारी दिए ।
उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर बनेको जानकारी गराएका थिए ।
बुटवल उपमहानगरपालिकामा खोप लगाउन बाँकी रहेका पूर्ण खोपका लागि आह्वान गर्दै खोप केन्द्र मार्फत सेवा प्रदान गरिएको नगरप्रमुख पाण्डेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया