काठमाडौं, ३१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत जाने भएका छन् ।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड दिल्ली जान लागेका हुन् । दिल्लीमा अध्यक्ष प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् ।
त्यहाँ हुने भेटघाट र केही कार्यक्रमका लागि परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासले समन्वय गरेको छ ।
प्रचण्ड दुई दिन भारतमा रहनेछन् । उनी भाजपा मुख्यालयको पनि भ्रमण गर्ने छन् । भारतीय राजदूत नवीन श्रीवास्तवले केही दिनअघि प्रचण्डलाई भाजपा अध्यक्ष नड्डाको निम्तो हस्तान्तरण गरेका थिए ।
तपाईको प्रतिक्रिया