रौतहट, ३१ असार । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं—६ बेल्डीमा रहेको आधारभूत विद्यालयको भवन जीर्ण अवस्थामा पुगेको छ ।
२०४४ सालमा स्थापना भएको सो विद्यालयको भवन एकदमै जीर्ण अवस्थामा पुगेको हो । काठको खाँबो, बलो हालेर निर्माण गरिएको विद्यालय भवनको जताततै धमिरा गोलो देख्न सकिन्छ ।
विद्यालय भवनमा प्रयोग भएका अधिकांश काठहरू धमिराले खाइसकेका छन् । छानामा प्रयोग गरिएको कोराही, विद्यालय अड्याउने खाबाहरु धमिराले खाएर जीर्ण बनाइसकेका छन् ।
निकै पुरानो भएकाले जस्तामा पुरै खिया लागिसकेको छ । खिया लागेको जस्ताबाट वर्षाको समयमा पानी चुहिन्छ भने जाडोमा शीत ।
विद्यालय भवन होचो भएकाले गर्मी महिनामा जस्ताबाट आउने रापले साना बालबालिकाहरूलाई असिनपसिन बनाउने शिक्षकहरु बताउँछन् ।
कक्षा ५ सम्म पढाइ हुने यस विद्यालय १ सय ५० बढि विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
तपाईको प्रतिक्रिया