महोत्तरी, ३१ असार । महोत्तरीको लोहारपट्टी नगरपालिका–४ बरथटोलस्थित पोखरीमा गएराति एक बालकको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार स्थानीय भाग्यनारायण यादवका छोरा दुई वर्षीय सार्थक यादवको शव गाउँकै शिवजी पोखरी फेला परेको हो ।
बालक सार्थकलाई खोज्दै जाँदा उनी पोखरीमा डुबेको अवस्थामा फेला परेको थियो ।
तपाईको प्रतिक्रिया