महोत्तरी, ३२ असार । महोत्तरी जिल्लाको मटिहानीस्थित श्री राम माध्यमिक विद्यालयको कक्षा ९ र १० मा प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ ।
मटिहानी नगरपालिकाको सहयोगमा सो विद्यालयको कक्षा ९ र १० मा प्राविधिक शिक्षा अन्तर्गत कम्प्युटर लिई अध्ययन गरिरहेका ८० जना छात्र–छात्राहरुलाई एक कार्यक्रमबीच मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले झोला वितरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै मेयर मण्डलले झोला वितरणले विधार्थीहरुलाई अध्ययनमा सहयोग पुग्ने धारणा राखेका थिए ।
कार्यक्रममा मटिहानी नगरपालिका वडा नं ८ र ६ का वडा अध्यक्षहरु रितेश साह, कलीम अन्सारी, विद्यालयका पूर्व प्र.अ. गणेश प्रसाद साह, चन्देश्वर साह, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु अरुण नाहर, विद्यालयका प्र.अ. अजय पाण्डेय श्रीश कुमार मिश्र, विश्वनाथ यादव र राजेश्वर मण्डल लगायतका सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया