प्रचण्ड र भारतीय विदेशमन्त्रीबीच भेट

समाचार

काठमाडौं, ३२ असार । तीनदिने भारत भ्रमणको क्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

सो भेटघाटको क्रममा प्रचण्ड र जयशंकरबीच नेपाल र भारतबीचको सम्बन्ध, राजनीतिक र आर्थिक विषयमा चर्चा भएको बुझिएको छ ।

आफ्नो भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउनमा आफ्नो प्रयास हुने प्रचण्डले बताए ।

सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘समग्रमा नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउने हो । यो भ्रमण आकस्मिक होइन, दुई तीन महिना अघिदेखि यसमा छलफल भइरहेको थियो ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ