वीरगन्ज, ३२ असार । पर्सा जिल्लाका ६९ नेता कार्यकर्ताहरुले जनता समाजवादी पार्टी नेपालबाट सामूहिक राजीनामा दिएका छन् ।
शनिबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै पार्टी नेतृत्वप्रति विभिन्न आरोप लगाउँदै जसपाका दुई जना केन्द्रीय सदस्य, मधेश प्रदेश सदस्य, जिल्ला सचिव, क्षेत्रीय अध्यक्ष, पालिका संयोजक लगायतले सामूहिक राजीनामाको घोषणा गरेका हुन् ।
पार्टीमा स्वच्छाचारिता बढेको, एकलौटी ढंगबाट संचालन भएको, नीति, नियम र नेतृत्व प्रष्ट नभएको र पार्टीको संगठनात्मक संरचना अनुसार चल्नुपर्नेमा व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हावी भएको, जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र द्रव्यदारहरू चंगुलमा पार्टी डुब्दै गएको आरोप लगाउँदै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका छन् ।
तपाईको प्रतिक्रिया