काठमाडौं, १ साउन । भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।
नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा भएको भेटमा दुई पार्टीको सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल भएको हो ।
सो अवसरमा भारतीय विदेशमन्त्री एस जय शङ्कर पनि उपस्थित थिए । अध्यक्ष दाहालले शनिबार मात्रै भारतीय विदेशी मन्त्री जय शङ्कर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेका थिए ।
तपाईको प्रतिक्रिया