रुपन्देही, २ साउन । लुम्बिनी प्रदेशको कृषि मन्त्रालयले अनुदान वितरण सुरु गरेको छ । प्रतिफलमा आधारित प्रदेशको कृषि मन्त्रालयले अनुदान वितरण सुरु गरेको हो ।
तर अनुदान कार्यक्रममा सहभागी हुन उत्पादन २० प्रतिशत बढाउनुपर्ने नियम छ । अस्वाभाविक वृद्धि दर राखेकाले कार्यक्रममा धेरै किसान भने सहभागी हुन सकेनन् ।
उत्पादन २० प्रतिशत बढाउनुपर्ने नियमले धेरै किसान भने सहभागी हुन नपाएको गुनासो देखिएको छ । बढ्दो महँगीका कारण हालको उत्पादनमा २० प्रतिशत नियम राख्नुले साना किसान यसबाट प्रत्यक्ष लाभ लिन नसकेको बताइएको छ ।
२० प्रतिशत उत्पादन बढाउने नियमका बाबजुद रुपन्देहीमा १३ वटा दुग्ध उत्पादन सहकारीले ९० लाख बढी रुपैयाँ प्रतिफलमा आधारित अनुदान पाएका छन् ।
त्यस्तै, कपिलवस्तुमा पाँच वटा सहकारी र एक निजी फार्मले दूध उत्पादनमा ४५ लाख अनुदान पाएका छन् भने गुल्मीमा खसी बोका उत्पादनतर्फ तीन वटा र दुग्ध उत्पादनमा दुई वटा सहकारीले १६ लाख अनुदान पाएका छन् ।
लुम्बिनीका १२ जिल्लामा रहेका पशु सेवा विज्ञ केन्द्रहरूले केही अनुदानका कार्यक्रम सञ्चालन गरे पनि बालीगत बस्तु उत्पादनमा प्रमाणीकरणमा समस्या भएकाले कृषि ज्ञान केन्द्रहरूले कार्यक्रम सञ्चालन गर्न नसकेको बताइएको छ ।
तपाईको प्रतिक्रिया