नेपालगन्ज, २ साउन । गत आर्थिक वर्षमा बाँके प्रहरीले एक वर्षमा झण्डै ६ करोड रुपैयाँ बराबरका भन्सार चोरी पैठारीका सामान बरामद गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रहरी कार्यालय बाँकेले ५ करोड ९० लाख ५४ हजार रुपैयाँ बराबरमा सामान बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा साढे २ करोडको अवैध मालसामान बरामद गरिएको थियो । भन्सार चोरी पैठारी गर्ने ५३ जना पक्राउ परेका छन् ।
चालू मुद्दामा पक्राउ पर्ने प्रतिवादीहरूको सङ्ख्या पनि अघिल्लो वर्ष भन्दा झण्डै दोब्बर छ । गएको आर्थिक वर्षमा १३२५ जना पक्राउ पर्दा त्यसअघि ७५७ जना पक्राउ परेका थिए ।
गएको आर्थिक वर्षमा बाँके प्रहरीले ४ किलो बढी सुन पक्राउ गरेको थियो । मुद्दा दर्ता सङ्ख्या पनि अघिल्लो आर्थिक वर्ष भन्दा बढेको छ । २०७८/७९ मा ११५७ मुद्दा दर्ता हुँदा त्यसअघि ८१३ मुद्दा दर्ता भएको तथ्याङ्क बाँके प्रहरीमा छ ।
तपाईको प्रतिक्रिया