वीरगन्ज, २ साउन । देशकै प्रमुख भन्सार नाकाको रुपमा स्थापित एकीकृत भन्सार जाँच चौकी आइसिपी वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ ।
अर्थ मन्त्रालय भन्सार विभागले एकीकृत भन्सार जाँच चौकी आइसिपीलाई २ खर्ब ३ अर्ब २ करोड ५० लाख ३७ हजार राजस्व असुलीको लक्ष्य तोकेको थियो ।
तर वीरगन्ज भन्सारले एक वर्षमा २ खर्ब ४ अर्ब १२ करोड ३ लाख ५९ हजार अर्थात् लक्ष्य भन्दा १ अर्ब १० करोड बढी राजस्व असुली गरेको हो ।
आयात निर्यात वीरगञ्ज नाकाबाट बढ्दै जानु र इन्धन, सवारी साधनको आयात समेत बढिरहेका कारण वीरगञ्ज भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजस्व असुल गर्न सफल भएको छ ।
तपाईको प्रतिक्रिया