रौतहट, ३ साउन । गौर नगरपालिका–४ टिकुलिया बस्ने मलक सिंह चनौ लगायत ४ जनाको फुसको घरमा बिद्युत सर्ट भई आगलागी भएको छ ।
सोमबार दिउँसो आगलागी हुँदा मलक सिंह चनौ लगायत चार जनाको घर र घरमा रहेको सरसामान जलेर करिब ८ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया