रूपन्देही, ३ साउन । सिद्धार्थनगर नगरपालिका–३ खजहना बस्ने ५० वर्षीय हरि हरीजनको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
सिद्धार्थनगर नगरपालिका–३ डण्डापुल नजिकको सिद्धार्थ हेम्पपाईप फ्याक्ट्रीभित्र मिस्त्री काम गर्ने क्रममा करेन्ट लागेको थियो ।
करेन्ट लागेर अशक्त भएका उनको भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया