हिन्दूवादी लिडर पटेलद्वारा जनेउ धारण, नामकरण ‘संतोषानंदजी महाराज’

समाचार

काठमाडौं, ४ साउन । अखिल भारतीय सन्त समिति नेपाल राष्ट्रिय समितिको राष्ट्रिय अध्यक्षमा हिन्दू परिषद्का अध्यक्ष सन्तोष पटेल चयन भएका छन् ।

भारतको हरियाणामा अखिल भारतीय सन्त समितिको सम्मेलनबाट पटेलको नाम अनुमोदन भएको उनले बताएका छन् ।

समितिको अध्यक्षमा चयन भएपछि उनले प्रतिक्रिया दिँदै भनेका छन्, ‘धर्म रक्षा हेतु आजदेखि अझ जिम्मेवारी थपिएको छ ।’

अखिल भारतीय सन्त समितिको सम्मेलनबाट नाम अनुमोदन एवम् गुरुजनबाट नामको नामकरण भई जनेव धारणसहित संतोषानंद जी महाराज कायम भएको छ ।

संतोषानंद जीले भनेका छन्, ‘गुरुजनको चरणमा साक्षात दण्डवत प्रणाम गर्दछु । संत समितिका अध्यक्ष परम् पूजनीय अविचल दास जी महाराज, राष्ट्रिय महामंत्री परम् पूजनीय जितेंद्रनन्द सरस्वती महाराज, बिहार प्रान्तको अध्यक्ष परम् पूज्नीय स्वामी आत्मा प्रकाशानंद जी महाराज ज्यू प्रति हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछु ।’

गुरुजनबाट प्रमाण–पत्र प्रदान हुदा उक्त अवसरमा हिन्दू परिषद नेपालका केन्द्रीय सदस्य अधिवक्ता बिनोद कुर्मी र हिन्दूवादी अगुवा दिनेश साह तेलीको समेत उपस्थिति रहेको थियो ।

 
  
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ