कपिलवस्तु, ४ साउन । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
बुद्धभूमि नगरपालिका–९ चम्पापुरस्थित सडकमा ना.५ ख ९३५० नम्बरको बसले रा.७ प ३५९४ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–९ बस्ने ३० वर्षीय सुसिल केसीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय बुद्ध पोलिक्लिनिक हुँदै जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कपिलवस्तु, वाणगंगा नगरपालिका–१० भावपुरस्थित सडकमा लु.२ च ४०५२ नम्बरको भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने यमलाल पौडेलकी छोरी ९ वर्षीया एन्जला पौडेलको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया