काठमाडौँ, ६ साउन । आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे संसद भवन बानेश्वरमा बस्दैछ ।
प्रतिनिधिसभाको कार्यसूची अनुसार आजको बैठकमा दुईवटा विधेयक निर्णयार्थ पेश गरिने छ ।
आज निर्णयार्थ पेश गरिने विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक–२०७६ र नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ रहेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् ।
आजको बैठकमा नै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभामा उत्पति भएको ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
तपाईको प्रतिक्रिया