काठमाडौं, ७ साउन । विश्व हिन्दू परिषद नेपालको काठमाडौं जिल्ला समिति पुनर्गठन भएको छ ।
विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष टिका बहादुर पहारी, महासचिव जितेन्द्र कुमार सिंह, संगठन सचिव प्रल्हाद कुमार एवं काठमाडौं उपत्यका संयोजक बाबु शरण सुवेदीको विशेष उपस्थितिमा जाउलाखेलस्थित सम्पर्क कार्यालयमा आयोजित एक समारोह बिच समिति पुनर्गठन गरिएको हो ।
धार्मिक अभियान्ता एवं अधिवक्ता तुलसी राम पोख्रेलको अध्यक्षतामा १९ सदस्य समिति पुनर्गठन गरिएको हो ।
समिति गठन कार्यक्रममा विभिन्न धार्मिक सामाजिक अभियान्ता लगायत परिषदका स्थानीय कार्यकर्ता एवं स्थानीयबासी समेतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया