काठमाडौं, ९ साउन । केही समययता नेपालमा चिनियाँ नागरिककहरुको अवैध गतिविधि बढ्न थालेको छ ।
यसैबीच काठमाडौंको तीनकुनेमा चिनियाँ नागरिकले सञ्चालन गरेका अवैध कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।
काठमाडौं प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले तीनकुनेमा चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।
यसैगरी, सोही घरबाट ल्यापटप लगायतका विद्युतीय उपकरणहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया