काठमाडौं, ९ साउन । अवैध कल सेन्टर चलाउने एक चिनियाँ नागरिकसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तिनकुने र गैह्रीगाउँका तीन ठाउँमा छापा मारी प्रहरीले कागजात नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेका थिए ।
२०७६ पुसमा गैरकानुनी गतिविधि गरेको आरोपमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।
उनीहरू पनि अनधिकृत रूपमा कल सेन्टर सञ्चालन र नेपालमा बसेर चिनियाँ नेटवर्किङ व्यवसाय चलाएको आरोपमा पक्राउ परेका थिए ।
तपाईको प्रतिक्रिया