जयकृष्ण गोइतको जनतान्त्रिक तराई मुक्ति मोर्चाको १८ वर्ष

समाचार

काठमाडौं, ९ साउन । जयकृष्ण गोइत नेतृत्वको सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) स्थापनाको १८ वर्ष पूरा भएको छ ।

तराई–मधेशका लगभग सबै भूमिगत सशस्त्र समूहहरु नेपाल सरकारसँग वार्तामा आइसके पनि गोइत नेतृत्वको जनतान्त्रिक हालसम्म वार्तामा आउन मानेको छैन ।

‘स्वतन्त्र भूमिको मुक्ति आन्दोलन’ नाममा हालसम्म गोइतको जनतान्त्रिक तराई मुक्ति मोर्चा भूमिगत भई आफ्ना गतिविधिहरु गर्दै आएको छ ।

१८ वर्ष पार गरी १९औं वर्षमा प्रवेश गरेको अवसरमा जनतान्त्रिकका अध्यक्ष गोइतले एक विज्ञप्ति जारी गरी स्वतन्त्र भूमि मुक्त नहुञ्जेलसम्म लड्दै रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ