थप ५६४ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

समाचार

काठमाडौँ, ११ साउन । पछिल्लो २४ घण्टामा थप ५ सय ६४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

चार हजार ४५४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१८ तथा एन्टिजेन विधिबाट १४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थप २०२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कूल सक्रिय संक्रमितको सङ्ख्या ३ हजार ९२९ पुगेको छ । यही अवधिमा थप १ जना संक्रमितको मृत्युसमेत भएको छ । पछिल्लो २४ घण्टामा १ लाख १ हजार ६ सय जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ