स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न

समाचार

काठमाडौं, १२ साउन । ५६ औं रक्त सञ्चार दिवसको अवसरमा ललितपुर महानगरपालिका–९मा बिहीबार रक्तदान तथा स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

महिला तथा स्वास्थ्य उप समिति गाछे र वडा स्वास्थ्य कार्यान्वयन समिति–९ तथा स्वास्थ्य सेवा नेपाल र केही गरौं मिलेर नामक सामाजिक सस्थाको प्राविधिक सहयोगमा रक्तदान तथा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

रक्तदान तथा स्वास्थ्य शिविरलाई ललितपुर महानगरपालिका–९ ले आर्थिक सहयोग गरेको छ ।

स्वास्थ्य शिविरमा २० जना चिकित्सकले करिब १ सय जनाको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा २८ जनाको दाँत र २० जनाको स्त्री रोगसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो ।

यसका साथै मधुमेहसहित अन्य रोगको पनि स्वास्थ्य जाँच तथा परामर्श गरिएको थियो । साथै सोही अवसरमा १८ जनाले रक्तदान गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ