सर्लाहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

समाचार

सर्लाही, १३ साउन । सर्लाहीको बरहथवा नगरपालिका–१० किशनपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज बिहान रौतहटको ईशनाथ गाँउपालिका–५ लक्ष्मिनियाका अन्दाजी २६ बर्षीय मुकेश साहको घटनास्थलमै मृत्यु भएको हो ।

साह सवार ना २१ प ७४०१ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ