राजविराज, १४ साउन । राष्ट्रिय एकता अभियान सप्तरीले फरक क्षमता भएका ११ जनालाई ह्वील चेयर वितरण गरेको छ ।
अभियानले शनिबार एक कार्यक्रमको अयोजना गरी जिल्ला अध्यक्ष सुनिता चौधरी र केन्द्रीय उपाध्यक्ष सुनिता साहको अगुवाईमा चेयर वितरण भएको आयोजक संस्थाले जनाएको छ ।
राजविराज –२ निवासी संजय कुमार दुवेले आमाको सम्झनामा अभियानलाई ह्वील चेयर उपलब्ध गराएको छ ।
उनले वार्षिक रुपमा फरक क्षमता भएको व्यक्तिहरुको लागि ह्वील चेयर उपलब्ध गराउदै आएको आयोजना संस्थानका अध्यक्ष चौधरीले जानकारी दिए ।
अभियानले राजविराज नगरपालिका वडा नम्बर –१ ,२ ,३ ,८,१० ,११ तिलाठी कोलाडी गाउँपालिका वडा नम्बर –४ तोपा , डाक्नेश्वरी नगरपालिका वडा नम्बर –७ ब्रहमपुर , खडक नगरपालिका वडा नम्बर ८ खोजपुरका फरक क्षमता भएका व्यक्तिहरुलाई ह्वील चेयर वितरण गरेको सामाजिक अभियन्ता सागरवीर कडारीले जानकारी दिए ।
ह्वील चेयर बितरण कार्यक्रममा राजविराज नगरपालिका वडा नम्बर २ स्थित राजदेवी मन्दिरको प्राङ्गणमा सम्पन्न भएको थियो ।
कार्यक्रममा स्थानिय र वडा अध्यक्ष अरुण कुमार यादवको समेत उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया