जनकपुरधाममा सडकमा सुतेर सुकुम्बासीद्वारा प्रदर्शन

समाचार

जनकपुरधाम, १५ साउन । चुरे तथा वन जंगल संरक्षण अभियानको नेतृत्वमा जनकपुरधाममा वृहत् प्रदर्शन भएको छ ।

गाउँगाउँबाट आएका भूमिहीन सुकुम्बासीहरूले आइतबार मधेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको सडकमा सुतेर विरोध जनाएका हुन् । यसअघि, उनीहरूले नगरका विभिन्न ठाउँको परिक्रमा गरेका थिए । उनीहरूले चुरे वन जंगल संरक्षण र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको हक अधिकारका लागि आन्दोलन गर्दै आएका छन् ।

वर्षौदेखि भूमिहीन रहेका आफूहरूका समस्या समाधानमा राज्यले चासो नदेखाएको पनि उनीहरूको गुनासो छ । सरकारले नक्कली सुकुम्बासीहरूलाई जमिन दिएर चुरे तथा वनजंगल विनाश गरे पनि आफूहरूलाई जमिन दिन नचाहेको उनीहरूले गुनासो गरेका छन् । भूमिहीनलाई जमिन उपलब्ध गराउनुपर्ने, चुरे तथा वनजंगल अतिक्रमण रोक्नुपर्नेलगायत माग राखी अभियानीहरूले १२ दिनदेखि रिले अनशनसमेत गर्दै आएका छन् ।

लामो समयसम्म रिले अनशन गर्दासमेत मधेश सरकारले माग सम्बोधन नगरेपछि उनीहरूले आइतबार सडक प्रदर्शन गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ