काठमाडौं, १५ साउन । श्री कुर्मी सशक्तिकरण मञ्च केन्द्रीय कमिटीको काठमाडौंमा सम्पन्न साधारण सभाबाट १७ सदस्यीय केन्द्रीय कमिटी चयन भएको छ ।
तमू बौद्ध सेवा समिति नेपाल अनामनगरमा शनिबार सम्पन्न सम्मेलनले सर्वसम्मतिबाट १७ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।
नवनिर्वाचित पदाधिकारीहरूमा मञ्चको केन्द्रीय अध्यक्ष अधिवक्ता अजय पटेल, वरिष्ठ उपाध्यक्ष पत्रकार बिजय वर्मा, उपाध्यक्षहरु नरेश पटेल,अरबिन्द चौधरी, श्यामसुन्दर पटेल, विजय चौधरी, रमिता पटेल, महासचिव राजन पटेल, सचिव रामस्वार्थ पटेल, कोषाध्यक्ष प्रकाश राउत कुर्मी, सह–कोषाध्यक्ष संगीता पटेल, केन्द्रीय सदस्यहरु अभिमन्यु पटेल, कबीरराज पटेल, बाँकेबिहारी पटेल, लवकुश चौधरी, सतेन्द्र राउत,ई.रवि पटेल रहेका छन् ।
कार्यक्रमको उदघाटन समारोह मञ्चका संस्थापक केन्द्रीय अध्यक्ष पूर्व एसएसपी सदानन्द प्रसाद कुर्मीको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा पूर्वमन्त्री दानबहादुर चौधरी, हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोषानंद जी महाराज, पूर्वसंसाद बादसाह कुर्मी, कुर्मी सेवा सदन बीरगंजका अध्यक्ष अधिवक्ता सुरेन्द्र कुर्मी, महिला आयोगका पूर्वसदस्य धनेश्वरी चौधरी, वरिष्ठ समाजसेवी उपेन्द्र सिंह, अधिवक्ता बिनोद कुर्मीसहित देश भरिका कुर्मी समाजका अगुवाहरुको उपस्थितिमा सभ्य र भब्य कार्यक्रम भएको थियो ।
कार्य समितिको अवधि ३ वर्षको हुनेछ । बन्द सत्रले सर्वसहमतिबाट नयाँ कार्यसमिति गठन गरेको थियो ।
नवगठित केन्द्रीय समितिलाई संस्थापक केन्द्रीय उपाध्यक्ष पूर्वमन्त्री दानबहादुर चौधरीले सपत ग्रहन गराएका थिए ।
तपाईको प्रतिक्रिया