एनआईसी एसियाको शाखा कार्यालयमा आगलागी

समाचार

रुपन्देही, २० साउन । गैडहवा गाउँपालिका–३ मंगलपुरस्थित जगदिश यादवको घरमा रहेको एनआईसी एसिया बैंकको शाखा कार्यालयमा भएको छ ।

विद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा कागजात, फर्निचर र कम्प्यूटर लगायतका सामानहरू जलेर करिब २१ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबसी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ