ब्राउनसुगरसहित युवक पक्राउ

समाचार

मोरङ, २१ साउन । पथरी शनिश्चरे नगरपालिका–१ गुद्री बजारबाट १ ग्राम ४ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।

सोही ठाउँ बस्ने २६ वर्षीय अक्षय माझीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ