काठमाडौं, २२ साउन । बलात्कारपीडित निहारिका राजपुतलाई प्रहरीले सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको छ ।
अदालतले न्याय दिन ढिलाई गरेको भन्दै निहारिका आइतबार सर्वोच्च अदालत परिसरमा ब्यानरसहित पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।
निषेधित क्षेत्रमा ब्यानर बोकेर गएपछि नियन्त्रणमा लिएको बताइएको छ ।
न्यायका लागि लामो समयदेखि संघर्ष गर्दै आएकी निहारिकाले सर्वोच्च अदालतमै ब्यानरसहित पुगेकी थिइन् । उनी विभिन्न माग राखी संघर्ष गर्दै आएकी छन् ।
तपाईको प्रतिक्रिया