ब्राउनसुगरसहित दुई युवक पक्राउ

समाचार

मोरङ, २२ साउन । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट २ ग्राम ९४ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बिराटनगर महानगरपालिका–१२ बस्ने २२ वर्षीय सुहन लिम्बु र बेलबरी नगरपालिका–११ बस्ने ३१ वर्षीय सिकुम योङहाङ रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको को.३४ प २६३ नम्बरको मोटरसाइकललाई लागूऔषध व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ