काठमाडौँ, २३ साउन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ ।
तयारी पूरा नभएको कारण बैठक स्थगित भएको बताइएको छ । चुनावी गठबन्धन, संगठन विस्तारलगायतका विषयमा छलफलका लागि बोलाइएको बैठकमा प्रस्तुत हुने एजेण्डाको तयारी पूरा नभएको कारण आज बस्ने भनिएको बैठक स्थगित भएको हो । चुनावी गठबन्धनका लागि दलहरुसँग अझै केही छलफल गर्ने, एउटा निष्कर्षमा पुगेपछि बैठकमा त्यसलाई एजेण्डाको रुपमा राख्ने योजना अनुसार आजको बैठक स्थगित भएको बताइएको छ । लोसपाले चुनावी गठबन्धनका लागि काँग्रेस, एमाले, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीलगायतसँग छलफल गरिरहेको छ ।
लोसपाको केन्द्रीय समिति गठनको तयारी पनि भइरहेको छ । त्यसको पनि तयारी पूरा भएको छैन । अन्य संगठन निर्माणको काम पनि बाँकी छ ।
तपाईको प्रतिक्रिया